नियम ४५
भित्री खबर उपलब्ध गराउन नहुने
े ः
धितोपत्र बोर्डको सदस्य, संगठित संस्थाको सञ्चालक वा धितोपत्र कारोबारमा संलग्न कुनै पनि व्यक्तिले धितोपत्र वा धितोपत्र कारोबार सम्बन्धमा सार्वजनिक रुपमा प्रकाशन नभएका विवरण, सूचना वा खबरहरू भित्री कारोबारको निमित्त कसैलाई उपलब्ध गराउनु हुँदैन ।
तर आफ्नो कामको सिलसिलामा पेश गर्नु पर्ने वा दिनु पर्ने विवरण, सूचना वा खबर दिएकोमा यस नियमको उल्लंघन गरिएको मानिने छैन ।